बङ्गलादेशले अष्ट्रेलियालाई दियो ३ सय ७ रनको लक्ष्य शनिबार, कात्तिक २५, २०८०

साराशंकरलाई गृहनगरमा सम्मान शनिबार, कात्तिक २५, २०८० राष्ट्रिय लोकदोहोरी अवार्ड-२०८० को उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका निर्देशक एकिन्द्र साराशंकरलाई गण्डकी प्रदेश का २ सांसदले गृहनगरमै सम्मान गरेका छन् । बुर्तिबाङमा आयोजित दसैँतिहार विशेष मेलाको अवसरमा सांसदद्वय दोर्ण कुँवर र दिलमाया पौवीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।
![प्रधानमन्त्री प्रचण्डलाई गगन-विश्वको ११ बुँदे ध्यानाकर्षण [पूर्णपाठसहित]](https://newsgriha.com/uploads/posts/gagan-bishwo-1699692130.jpeg)
प्रधानमन्त्री प्रचण्डलाई गगन-विश्वको ११ बुँदे ध्यानाकर्षण [पूर्णपाठसहित] शनिबार, कात्तिक २५, २०८० शनिबार प्रधानमन्त्रीलाई उनकै निवास बालुवाटारमा भेट्दै महामन्त्रीद्वय थापा र शर्माले राहत वितरणलाई व्यवस्थित गर्नुपर्नेसहितका सुझाव दिएका हुन् । राहत वितरण गर्दा नेतृत्व स्थानीय तहको र समन्वय सर्वदलीय संयन्त्रको नीतिलाई हरेक वडा तहसम्म पालना गर्न सुझाव दिएका छन् ।

नेपाल सम्वत् व्यावहारमा लागू गर्न सरकारको दस्ताबेजमा लेखिनेछ : प्रधानमन्त्री शनिबार, कात्तिक २५, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सम्वत् लाई राष्ट्रिय सम्वत्को रुपमा घोषणा गरिए पनि त्यसको व्यावहारिक कार्यान्वयन निकै कम भएको भन्दै आफ्नै पालामा सरकारी दस्तावेजमा लेख्ने गरी व्यावहारिक प्रयोगमा लैजाने प्रतिवद्धता जनाएका छन् ।

‘काग धेरै मरे, संख्या घट्दै गयो’ शनिबार, कात्तिक २५, २०८० नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसर पारेर काठमाडौंको रत्नपार्कमा काग सम्मेलन गरिएको छ ।

कोशी मन्त्रिपरिषद् छठपछि मात्रै विस्तार गरिने शनिबार, कात्तिक २५, २०८० कोशी प्रदेश मन्त्रिपरिषद् छठ पर्व सकिएपछि मात्रै विस्तार हुने भएको छ । सरकारमा सत्ता गठबन्धनका दलहरुको सहभागिता गराउन सम्बन्धमा भएको मुख्यमन्त्री केदार कार्की र अन्य दलका नेताबीचको छलफलमा यस्तो सहमति भएको हो ।

कैलालीमा जीप दुर्घटना, चार जना घाइते शनिबार, कात्तिक २५, २०८० सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार घाइते हुनेमा डोटीको बडिकेदार गाउँपालिका-३ बस्ने ३९ वर्षीया सरिता बूढा, ३३ वर्षीय मनिष रोक्का, मोहन्याल गाउँपालिका-४ बस्ने ५० वर्षीया धनसरा मास्के र ३९ वर्षीया कमला पुनमगर छन् । उनीहरूको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । पाँचै जनाको अवस्था मध्यम छ ।

उपरथी पाण्डेको राजीनामासँगै नयाँ प्रधानसेनापतिको रोलक्रममा आए उपरथी सिग्देल शनिबार, कात्तिक २५, २०८० रथी दर्जामा बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर प्रश्न उठेपछि प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन भएको छ । छानबिनकै क्रममा उपरथी पाण्डेले बिहीबार राजीनामा दिएका हुन् ।

चिसोले कठ्याङ्ग्रिएर २ भूकम्पपीडितको मृत्यु शनिबार, कात्तिक २५, २०८० समयमै उचित व्यवस्थापन हुन नसक्दा अत्यधिक चिसोका कारण भूकम्पपीडित मारमा पर्न परेका छन् । भूकम्पबाट जोगिएका २ जनाले चिसोका कारण ज्यान गुमाएका छन् । शुक्रबार नलगाड नगरपालिका–४ लहँस्थित च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र बिहीबार राति सोही वडाकी ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको हो ।

दोलखाको भीमेश्वरमा जीप दुर्घटना हुँदा १ को मृत्यु, १२ जना घाइते शनिबार, कात्तिक २५, २०८० जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार शुक्रबार साँझ भीमेश्वर नगरपालिका ७ देउराली भन्ने ठाउँमा बा २१ च ८२६८ नम्बरको जीप अनियन्त्रित भइ दुर्घटना हुँदा स्थानीय सुजन मगरको मृत्यु भएको हो ।

यमपञ्चक सुरु, पहिलो दिन आज काग तिहार शनिबार, कात्तिक २५, २०८० कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यम दीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा.डा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

मौसम : लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा, अन्य प्रदेशमा के छ? शनिबार, कात्तिक २५, २०८० जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहेको छ । साथै लुम्बिनी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी शनिबार, कात्तिक २५, २०८० रासी भार डेर डुसेनले नटआउट रहँदै ७६ रन बनाए । उनलाई एन्डिले फेलुकवायोले नटआउट रहँदै ३९ रन बनाएर राम्रो साथ दिए । ओपनर क्वीनटन डी ककले ४१ रनको योगदान दिए भने ऐडन मारक्रमले २५ तथा डेभिड मिलरले २४ रन बनाए । अफगानिस्तानका लागि मोहम्मद नाबी र रासिद खानले २–२ विकेट...









