शृंखलाबद्ध लुटपाटमा संलग्न समूह हतियारसहित पक्राउ शुक्रबार, कात्तिक २४, २०८०

प्रधानसेनापतिको रोलक्रममा रहेका उपरथी पाण्डेले दिए राजीनामा शुक्रबार, कात्तिक २४, २०८० पाण्डेको नागरिकतामा उमेर सच्याएको उजुरी परेको थियो । सैनिक मुख्यालयले उनको नागरिकतामा जन्म मिति सच्याएको विषयमा छानबिन शुरु गरेपछि उनले राजीनामा दिएका स्रोतले बतायो । वर्तमान प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल सकिएलगत्तै उनी प्रधानसेनापतिको लाइनमा थिए ।

तिलिचो तालमा पानी जम्न थाल्यो शुक्रबार, कात्तिक २४, २०८०

नियन्त्रणमा लिइयो भक्तपुरमा भेटिएको चितुवालाई शुक्रबार, कात्तिक २४, २०८० भक्तपुरको मध्यपुरठिमी नगरपालिका-३ गठ्ठाघरमा देखिएको चितुवालाई नियन्त्रणमा लिइएको छ । शुक्रबार बिहान २ महिलालाई आक्रमण गरी प्रविण पेट्रोल पम्पपछाडि २ घरको चेपमा बसेको चितुवालाई पौने १२ बजे नियन्त्रणमा लिइएको प्रहरी परिसर भक्तपुरका डीएसपी बसन्त पाठकले जानकारी दिए ।

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार? शुक्रबार, कात्तिक २४, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन तोलामा एक हजार रुपैयाँ बढेको हो । यस दिन छापावाल सुन तोलामा एक लाख १४ हजार ७०० रुपैयाँले कारोबार भइरहेको छ ।

काठमाडौं महानगरमा राति १ बजेसम्म देउसी भैलो खेल्न बालेनको अनुरोध शुक्रबार, कात्तिक २४, २०८० महानगरपालिकाभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । विगतका वर्षहरूमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने व्यवस्था गरिएको थियो । तर, यो वर्ष राति १ बजेसम्म खेल्न पाइने महानगरले जनाएको छ ।

मुगु सामूहिक हत्या प्रकरण : थप एक पक्राउ शुक्रबार, कात्तिक २४, २०८० उनीहरूलाई शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि प्रहरीले गोरखबहादुर शाहीलाई पक्राउ गरेको थियो । पक्राउ परेका अर्काको परिचय भने प्रहरीले खुलाएको छैन ।

चितुवाको आक्रमणबाट कौशलटारमा दुई जना घाइते, चितुवालाई नियन्त्रणमा लिइँदै शुक्रबार, कात्तिक २४, २०८० चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय काठमाडौंका कर्मचारी खटिएका छन् । एक घरको बाउन्ड्री भित्र कुनामा लुकेको चितुवालाई डार्ट गरेर नियन्त्रणमा लिइँदै छ । वन अधिकृत अशोक पराजुलीका अनुसार चितुवा बयस्क छ ।

भूकम्पमा घाइते भएका नगर प्रहरीको मृत्यु शुक्रबार, कात्तिक २४, २०८० जिल्ला प्रहरी कार्यालय का प्रहरी नायब उपरीक्षक नवराज भट्टराईका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत विष्टको मृत्यु भएको हो । उनी चौरजहारी नगरपालिकामा नगर प्रहरी पदमा कार्यरत थिए ।

१० लाख दर्शकको मन जित्यो ‘वाह वाह वाह’ले शुक्रबार, कात्तिक २४, २०८०

गोरखा लोक्पाका २२ घरधुरी सुख्खा पहिरोको जोखिममा शुक्रबार, कात्तिक २४, २०८० बस्ती नै जोखिममा परेकोले लोक्पाको पहिरोको दीर्घकालीन समाधानका लागि संघीय सरकार र प्रदेश सरकारसँग माग गरिने चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको भनाई छ । गोरखा सदरमुकाम बाट ३ दिनको पैदलयात्रा पछि मात्र लोक्पा पुगिन्छ ।

काठमाडौं महानगरले माग्यो करार कर्मचारी शुक्रबार, कात्तिक २४, २०८० फुड टेक्नोलोजिस्ट, माइक्रो बायोलोजिस्ट, मेडिकल अधिकृत गरी ३२ जनाका लागि महानगरले आवेदन आव्हान गरेको हो । योग्यता पुगेका उम्मेदवारले मङ्सिर २३ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला शुक्रबार, कात्तिक २४, २०८० राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो । शैक्षिक सत्र २०८१ मा एसईई परीक्षामा समावेश हुनका लागि रजिस्ट्रेसन आवेदन खुला गरिएको हो। मङ्सिर मसान्तसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ ।









