News Griha :: न्यूजगृह
काठमाडौं महानगरले माग्यो करार कर्मचारी 

काठमाडौं— काठमाडौं महानगरपालिकाले विभिन्न पदका लागि करारमा कर्मचारी माग गरेको छ ।

फुड टेक्नोलोजिस्ट, माइक्रो बायोलोजिस्ट, मेडिकल अधिकृत गरी ३२ जनाका लागि  महानगरले आवेदन आव्हान गरेको हो । योग्यता पुगेका उम्मेदवारले मङ्सिर २३ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

आवेदन अनलाइनमार्फत नै दिन सकिनेछ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०९:१९
Weather Update