News Griha :: न्यूजगृह
१० लाख दर्शकको मन जित्यो ‘वाह वाह वाह’ले

काठमाडौं— फिल्म ‘उपहार’ को पहिलो गीत ‘वाह वाह वाह’ ले सार्वजनिक भएको एक हप्तामै दश लाख दर्शकको मन जितेको छ। यो गीत सार्वजनिक भएपछि यसलाई रुचाएका दश लाख दर्शकले ‘लाइक’ गरेका छन्।  

अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म ‘उपहार’को निर्माण टीमले पत्रकार सम्मेलनको आयोजना गर्दै गत शुक्रबार त्यो गीत सार्वजनिक गरेको थियो ।

यो गीतमा बाबुल गिरी र एलिना चौहानको स्वर छ । गीतमा बाबुल गिरीकै संगीत र शंकर अधिकारी ‘घायल’को शब्द छ ।

मनोरञ्जनात्मक र नृत्य शैलीको यो गीतको भिडिओमा तीन जोडीको रुपमा रेखा थापा र मुकुन भुसाल, पूजा शर्मा र समर्पणजंग कार्की, बेनिशा हमाल र तेज गिरीलाई प्रस्तुत गरिएको छ । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । 

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको संयुक्त प्रस्तुति रहेको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । फिल्मको कथा सुलक्षण भारतीले लेखेका हुन् । 

सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा बलराम शाही ठकुरी छन् । यो फिल्म फागुन २५ गते रिलिज हुने भएको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १०:४१
Weather Update