News Griha :: न्यूजगृह
चितुवाको आक्रमणबाट कौशलटारमा दुई जना घाइते, चितुवालाई नियन्त्रणमा लिइँदै 
तस्बिर : अशोक पराजुली

काठमाडौं— भक्तपुरको कौशलटारमा चितुवा फेला परेको छ ।

चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय काठमाडौंका कर्मचारी खटिएका छन् । एक घरको बाउन्ड्री भित्र कुनामा लुकेको चितुवालाई डार्ट गरेर नियन्त्रणमा लिइँदै छ । वन अधिकृत अशोक पराजुलीका अनुसार चितुवा बयस्क छ ।

चितुवा फेला परेपछि डिभिजन वन कार्यालय भक्तपुरले डिभिजन वन कार्यालय काठमाडौंको टोलीलाई खबर गरेको थियो । त्यसपछि पराजुलीको नेतृत्वमा टोली परिचालित भएको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार चितुवाको आक्रमणबाट दुई जना सामान्य घाइते पनि छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ११:०५
Weather Update