भूकम्पमा घाइते भएका नगर प्रहरीको मृत्यु

रुकुम पश्चिम— गत शुक्रबार गएको भूकम्पमा परेर घाइते भएका रुकुम पश्चिममा थप एकजनाको मृत्यु भएको छ ।
चौरजहारी नगरपालिका— १ घारिगाउँ निवासी २२ वर्षीय निरोज विष्टको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय का प्रहरी नायब उपरीक्षक नवराज भट्टराईका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत विष्टको मृत्यु भएको हो । उनी चौरजहारी नगरपालिकामा नगर प्रहरी पदमा कार्यरत थिए ।
यससँगै भूकम्पको कारण रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ५३ जना पुगेको छ । त्यस्तै, जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ । जसमध्ये १०१ जना मृतक जाजरकोटका हुन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८० १०:५२













