News Griha :: न्यूजगृह
नवलपरासीमा जीप दुर्घटना, ६ जनाको मृत्यु
तस्बिरः रासस

काठमाडौं—  पूर्वी नवलपरासीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् । मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।

बुलिङटारबाट कावासोती जाँदै गरेको लु २ ज ३२७० नम्बरको जीप  देवचुली नगरपालिका-९ स्थित एसमोडमा आइतबार दुर्घटना भएको हो ।

जीपमा ७ जना सवार थिए । एकजना घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ । मृतकको सनाखत भइनसकेको डीएसपी पौडेलले बताए ।

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १३:१६
Weather Update