News Griha :: न्यूजगृह
हुम्लाबाट नेपालगञ्ज उड्न ठिक्क परेको नेपाल एअरलाइन्सको हवाईजहाजमा समस्या

हुम्ला— सिमकोट विमानस्थलबाट बाँकेको नेपालगञ्ज उड्न ठिक्क परेको नेपाल एअरलाइन्सको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ ।

नेपाल एअरलाइन्सको नाइन एन-एबीयू कलसाइनको हवाई जहाज सोमबार बिहान आठ बजे नेपालगञ्जबाट सिमकोट गएर पुनः नेपालगञ्ज फर्किने तयारीमा थियो । हवाई जहाजमा यात्रुहरू चढिसकेका थिए । तर प्राविधिक समस्या देखिएको भन्दै उनीहरूलाई ओरालिएको छ ।

यात्रुहरू समयमा उड्न नपाएपछि समस्यामा परेका छन् । हवाई जहाज बनाउन नेपालगन्जबाट प्राविधिक बोलाइएको छ । सिमकोट विमानस्थल टावरले उक्त जहाज बनिनसकेको जनाएको छ ।

हवाईजहाजमा कस्तो खालको समस्या हो भन्ने खुलिसकेको छैन ।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ११:३२
Weather Update