News Griha :: न्यूजगृह
लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा भक्तपुरमा एक वृद्धाको मृत्यु

काठमाडौं— भक्तपुरमा लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा एक जना वृद्धाको मृत्यु भएको छ ।

मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीकी ८३ वर्षीया सावित्रीदेवी दाहालको आफ्नै घरमा पूजा गर्ने क्रममा आगलागी भई मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार साँझ पूजा गर्ने क्रममा दाहालको कपडामा आगो सल्किएको थियो । पूजा कोठामा आगो सल्किएपछि उनी आत्तिएर बैठक कोठामा पुगेर लडेकी थिइन् ।

शरीरमा लागेको आगो ८५ वर्षीय श्रीमान गुरु दाहालले निभाए पनि वृद्धाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीले उनको शव पोस्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाएको छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ११:५५
Weather Update