कोशी प्रदेशमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौं— हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा
आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति भने देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।हिजो काठमाडौं उपत्यका सहित लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मौसम बदली भई हल्का वर्षा भएको थियो । पानी परेपछि काठमाडौंमा तुलनात्मक रूपमा चिसो महसुस गरिएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८० ०६:१५













