बलात्कार आरोपमा १८ वर्षीय किशोर पक्राउ

काठमाडौं— मोरङमा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १ जना किशोर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–१ लखन्तरी टावर चोक बस्ने १८ वर्षीय किशोर छन् । किशोरले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने खबरपछि प्रहरी चौकी झोराहाटबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८० १७:५४













