News Griha :: न्यूजगृह
पशुपति धर्मशालामा एक व्यक्ति मृत फेला

काठमाडौं— काठमाडौंको गौशालास्थित पशुपति धर्मशालाको कोठामा एक व्यक्ति मृत फेला परेका छन् ।

सर्लाहीको कविलासी नगरपालिका–४ घर भएका ३४ वर्षीय पोनेलाल राय शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार उनी कतारबाट केही समय अघि नेपाल फर्किएका थिए । नेपाल फर्किएपछि राय धर्मशालामा कोठा लिएर बसेको खुलेको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  ०६:४७
Weather Update