गोली लागेर सशस्त्र प्रहरीको मृत्यु, शिकारी पक्राउ

दाङ— गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-७ हर्नियाका जुगारु चौधरी छन् ।
चौधरीको हत्या आरोपमा प्रहरीले घोराही–५ बरलाबोटका ५५ वर्षीय शेरबहादुर केसीलाई भरुवा बन्दुकसहित शनिबार पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक मल्लले बताए ।

बिहीबार सशस्त्र प्रहरी जवान चौधरीको स्थानीय जनसेवा सामुदायिक वनमा पात टिप्न गएको बेला शिकार खेल्न गएका शेरबहादुर केसीले चलाएको गोलीको छर्रा छातीमा लागेर मृत्यु भएको डीएसपी मल्लले बताए ।
मृतक चौधरी सशस्त्र प्रहरी बल नेपाल नं २८ गण हेडक्वार्टर तौलिहवा कपिलवस्तुमा गणमा कार्यरत थिए ।
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८० १५:४५













