अभिनेत्री दिपाशा बीसीको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं— अभिनेत्री दिपाशा बीसीको शवलाई शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
उनको शवमा चलचित्र कलाकार संघको झण्डा ओढाएर सम्मान व्यक्त गरियो ।

उनलाई श्रद्धाञ्जली दिन आर्यघाटमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलासहित कलाकारहरू निर्मल शर्मा, सविन श्रेष्ठ, दीपाश्री निरौला र लोकदोहोरी क्षेत्रका व्यक्ति उपस्थित थिए ।
फिल्म र म्युजिक भिडिओमा अभिनय गरेकी बीसीको बिहीबार नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
बुधबार राति विष सेवन गरेपछि गम्भीर बिरामी परेकी उनलाई नर्भिक अस्पताल लगिएको थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८० १९:५२













