अभिनेत्री दिपाशा बीसी ‘जलपरी’को मृत्यु

काठमाडौं— अभिनेत्री दिपाशा बीसीको मृत्यु भएको छ ।
स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको हो ।
‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८० १४:३४