News Griha :: न्यूजगृह
५ एसपी एसएसपीमा बढुवा सिफारिस [नामसहित]

काठमाडौं— गृह मन्त्रालयले ५ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले एसपी वसन्त रजौरे, रविकुमार पौडेल, नविराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई बढुवा गर्न सिफारिस गरेको हो ।

सिफारिसमाथि एक सातापछि निर्णय हुनेछ । त्यसअघि सिफारिस माथि चित्त नबुझे उजुरी दिनसक्ने व्यवस्था छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  ०५:५७
Weather Update