दिउँसै जुवा खेलिरहेका १२ जना पक्राउ

डोटी— जुवातास खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आदर्श गाउँपालिका १ का ४८ वर्षीय नाउटे खड्कासहित १२ जना छन् । उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
आदर्श गाउँपालिका २ कुचेडा बजार बस्ने ५४ वर्षीय पदमबहादुर बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय आदर्शका अनुसार उनीहरूको साथबाट १ लाख ८४ हजार ६ सय ८० रुपैयाँ बरामद भएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८० १७:३७