News Griha :: न्यूजगृह
सामाजिक सञ्जाल सञ्चालकले नेपालमा कार्यालय राख्नुपर्ने

काठमाडौं— सरकारले सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकलाई नेपालमा कार्यालय राख्न बाध्य पार्ने निर्देशिका ल्याएको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० लाई स्वीकृति दिएको हो । जसमा सामाजिक सञ्जाल फेसबुक, एक्स, टिकटक, युट्युबलगायतले नेपालमा सम्पर्क कार्यालय राख्नुपर्ने व्यवस्था गरिएको छ । 

सामाजिक सञ्जाल प्रयोगका क्रममा आएका गुनासोको तत्काल सम्बोधन नभएको र कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताका सामग्री हटाउनुपर्दा अप्ठ्यारो भइरहेको अवस्थामा सरकारले नेपालमा नै सम्पर्क कार्यालय राख्नुपर्ने व्यवस्था गरेको छ ।

निर्देशिका जारी भएको तीन महिनाभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाल सूचीकृत हुनुपर्ने पनि निर्देशिकामा व्यवस्था गरिएको छ ।

'निर्देशिका जारी भएको ३ महिनाभित्र नेपालमा कार्यालय नभएका प्लेटफर्म सञ्चालकले नेपालभित्र सम्पर्क बिन्दुको व्यवस्था गर्नुपर्ने । सामाजिक सञ्जालको प्रयोगका क्रममा आएका गुनासाको सम्बोधनको यथोचित व्यवस्था गर्ने,' निर्देशिकामा व्यवस्था गरिएको छ, 'राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, सामाजिक सद्भावविरुद्ध हुने सामग्री प्रकाशन वा प्रसारणमा रोक लगाउनुपर्ने ।' 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १८:५३
Weather Update