News Griha :: न्यूजगृह
फुटबलर दिनेश राजवंशीसहित ४ जना पक्राउ, कसुर अभद्र व्यवहार 

काठमाडौं— फुटबल डिफेन्डर दिनेश राजवंशी पक्राउ परेका छन् ।

प्रहरी वृत्त दरबारमार्गले राजवंशी र उनका ३ जना साथीलाई बुधबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । 
राजवंशीसहित पक्राउ परेका ४ जनालाई अभद्र व्यवहारको कसुरमा अनुसन्धानका लागि ७ दिन म्याद लिइएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उपस्थित गराएर उनीहरूविरुद्ध अनुसन्धानका लागि समय लिइएको हो ।

नेपालको राष्ट्रिय टीमबाट समेत खेलिसकेका दिनेश पछिल्लो समय अष्ट्रेलियामा बस्दै आएका छन् । मंसिर ८ गतेदेखि सुरु हुने नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करण खेल्न उनी नेपाल आएका हुन् ।

उनलाई पोखरा थण्डर्सले आइकनिक खेलाडीका रुपमा अनुबन्ध गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०५:४०
Weather Update