News Griha :: न्यूजगृह
युट्युबर मनोज मानव पक्राउ 

काठमाडौं— युट्युबर मनोज मानवलाई प्रहरीले पक्राउ गरेको छ ।  

उनलाई प्रहरीले बुधबार साँझ काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरेको हो । प्रहरीको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले मनोजलाई पक्राउ गरिएको जानकारी दिए ।

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा मनोज पक्राउ परेका हुन् । आफ्नो चरित्रहत्या गरेको भन्दै एक महिलाले ब्युरोमा उजुरी दिएकी थिइन् । मनोजलाई बिहीबार अदालतमा पेस गर्ने प्रहरीको तयारी छ । 

उनले स्टार अनलाइन टीभी नामक युट्युब च्यानल चलाउँदै आएका थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ११:५८
Weather Update