News Griha :: न्यूजगृह
विभिन्न जिल्लाबाट ३९ जना जुवाडे पक्राउ
विभिन्न जिल्लाबाट ३९ जना जुवाडे पक्राउ काठमाडौं, स्याङ्जा, डडेल्धुरा र अछाममा जुवा खेल्दै गरेको अवस्थामा मंगलबार रातिमा ३९ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
चीनले बुझायो झण्डै ४० करोडको राहत सामग्री 
चीनले बुझायो झण्डै ४० करोडको राहत सामग्री  चिनियाँ राजदुत छन् सङले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितका लागि राहत सामग्री हस्तान्तरण गरेका छन् । चीन सरकारले पठाएको राहत सामग्री बुधबार बिहान पोखरा विमानस्थलमा राजदूत सङले उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । 
जाजरकोटमा भूकम्पबाट एक लाख ८० हजार नागरिक प्रभावित
जाजरकोटमा भूकम्पबाट एक लाख ८० हजार नागरिक प्रभावित जिल्लामा कुल ३४ हजार ५०१ घरधुरीका एक लाख ७९ हजार ८९३ नागरिक भूकम्पबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । जिल्लामा ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंख्या विस्थापित बनेको छ ।
काठमाडौं महानगरले भोलि देखि सडकमा भेटिने गाईबाच्छा काञ्जी हाउसमा राख्ने
काठमाडौं महानगरले भोलि देखि सडकमा भेटिने गाईबाच्छा काञ्जी हाउसमा राख्ने बुधबार काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले सामाजिक सञ्जाल मार्फत भोलि देखी महानगरपालिकाले सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं ७ को पुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने जानकारी दिएका हुन् । 
ज्ञानेन्द्रलाई पूर्वराष्ट्रपति सरहको सुविधा दिँदै सरकार
ज्ञानेन्द्रलाई पूर्वराष्ट्रपति सरहको सुविधा दिँदै सरकार सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पूर्व राष्ट्रपतिलाई उपलब्ध गराइए सरहको सुविधा दिने तयारी गरिरहेको थाहा भएको छ। पूर्व राष्ट्राध्यक्ष हैसियतको सम्मान दिएर पूर्व राजालाई सुविधा दिनुपर्छ भनेर माग भैरहेकोले सरकार औपचारिक निर्णयको तयारीमा छ। 
गगन र विश्व भूकम्प प्रभावित क्षेत्रमा, ७ कार्य प्राथमिकतामा
गगन र विश्व भूकम्प प्रभावित क्षेत्रमा, ७ कार्य प्राथमिकतामा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बुधबार भूकम्प प्रभावित क्षेत्रमा पुग्ने भएका छन् । कांग्रेस पार्टी कार्यालयका अनुसार महामन्त्रीद्वयले त्यहाँ रहेर ‘७ बुँदे कार्य’ मा ध्यान केन्द्रित गर्नेछन् । उनीहरू पार्टीको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ का तर्फबाट त्यहाँ गएका हुन् ।   
भूकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि प्रधानमन्त्रीलाई रवि लामिछानेको १४ बुँदे सुझाव 
भूकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि प्रधानमन्त्रीलाई रवि लामिछानेको १४ बुँदे सुझाव  यसैगरी भूकम्प प्रभावित जनता, भूकम्प पश्चातको २ दिनमै आफ्नो जोहो गर्न आफैँ संघर्षरत रहेको पाएको भन्दै उनले यसका कारण जनता निराश भएको  उल्लेख गरेका छन् ।  उनले सरकार जनताको अभिभावक भएको स्मरण गराउँदै आम जनसमुदायमा सरकार छ भन्ने प्रत्याभूति गराउन उपयुक्त, कदम चाल्न आग्रह गरेका छन् । 
म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा
म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति स्विट्जरल्यान्डको योङ ब्वाइजलाई ३-० गोलले हराउँदै सिटी समूहको अन्तिम दुई खेल बाँकी छँदै अन्तिम १६ मा पुगेको हो । 
चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी नेपाल भ्रमणमा आउँदै
चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी नेपाल भ्रमणमा आउँदै चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ चुनचङ पाँचदिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । उनको भ्रमणलाई सरकारले प्राथमिकता दिएको प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रूपक सापकोटाले जानकारी दिए ।
एमाले सचिवालय बैठक आज
एमाले सचिवालय बैठक आज आज बस्ने सचिवालय बैठकमा जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुनेछ।
हज यात्राका लागि आवेदन दिने म्याद थप
हज यात्राका लागि आवेदन दिने म्याद थप यसअघि समितिले गत साउन ३० गते सूचना जारी गरेर असोज ३० गतेभित्र आवेदन दिन भनेको थियो । तर यस वर्ष विगतका वर्षहरूभन्दा छिटो हजको आवेदन खुलेकाले मुस्लिम समुदायबाट आवेदनको समय थप गर्न माग हुँदै आएको थियो । सोही माग बमोजिम म्याद थप गरिएको कार्यवाहक अध्यक्ष मियाँले जानकारी दिए ।
Weather Update