सर्वदलीय बैठक सिंहदरबारमा सुरु मंगलबार, कात्तिक २१, २०८०

अदालतबाटै पेस्तोल र मोबाइल चोरी मंगलबार, कात्तिक २१, २०८० मुद्दा फाँटमा मुद्दाका मिसिलसँग राखिएको लागूऔषध र हातहतियार खरखजना मुद्दाका अभियुक्तको मोबाइल र अभियुक्तबाट समातिएको पेस्तोल र गोली चोरी भएको हो ।

त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न ठेक्का मंगलबार, कात्तिक २१, २०८० कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न करिब साढे २७ करोडमा ठेक्का लगाइएको छ। सिनामंगलको एमएसआईपीएल—एएससी पावर लिमिटेडले ठेक्का पाएको छ ।

मन्त्री दुलालका पीएसओले गरे आत्महत्या मंगलबार, कात्तिक २१, २०८० बागमती प्रदेशका भौतिकका पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । ४२ वर्षीय यामबहादुर सुवेदी हेटौँडा११ स्थित वनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का मंगलबार, कात्तिक २१, २०८० राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको हो । गत शुक्रबारको शक्तिशाली भूकम्पपछि जाजरकोटमा निरन्तर भूकम्प गइरहेको बेला बाजुरा केन्द्रबिन्दु भएर पनि भूकम्प गएको हो ।
![राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/ramchandra-paudel-jajarkot-3-1699345698.jpg)
राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा [तस्बिरहरू] मंगलबार, कात्तिक २१, २०८० राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । राष्ट्रपति पौडेलले भूकम्पमा परेर घाइते भएकाहरूलाई जाजरकोट अस्पताल पुगेर अवस्थाबारे जानकारी लिएका छन् ।

तिहारका लागि फूल र मालाको मूल्य निर्धारण मंगलबार, कात्तिक २१, २०८० निर्धारित गरिएको मूल्य अनुसार फूल र माला बिक्री भए नभएको अनुगमनका लागि स्थानीय निकाय र प्रशासनलाई अनुरोधसमेत गरिएको सङ्घका अध्यक्ष तेजेन्द्र सापकोटाले बताए । उनका अनुसार जिल्लामा हाल ५० बिघा क्षेत्रफलमा चाडपर्व लक्षित गर्दै फूलखेती गरिएको छ ।

आरती साह प्रकरण : गृहले पीडित पक्षलाई वार्तामा बोलायो मंगलबार, कात्तिक २१, २०८० गृहले प्रहरी प्रधान कार्यालय धनुषाका प्रहरी प्रमुख विश्वराज खड्कालाई फिर्ता बोलाएर साहका आफन्तलाई वार्तामा बोलाएको हो । आरतीका बुबा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै वार्ताका लागि प्रतिनिधि पठाउन गृहले सोमबार पीडित पक्षलाई पत्राचार गरेको छ ।

एमालेको सचिवालय बैठक बुधबार मंगलबार, कात्तिक २१, २०८० एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार अपरान्ह १२४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्नेगरी सचिवालय बैठक डाकिएको जानकारी दिए ।

हमास–इजरायल युद्ध : गाजामा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो मंगलबार, कात्तिक २१, २०८० गाजामा हमास–इजरायल युद्धका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार घोषणा गरेको तथ्यांकानुसार युद्धमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको हो ।

‘टाइगर ३’ को अग्रिम बुकिङ आक्रामक, तीन दिनमा साढे ६ करोडको टिकट बिक्री मंगलबार, कात्तिक २१, २०८० कात्तिक २६ गतेबाट रिलिज हुने फिल्मको शनिबारबाट अग्रिम बुकिङ खुलिएको थियो । बुकिङ खुलेको तीनदिनमा ‘टाइगर ३’ को २ लाख २७ हजारबढी टिकट बिक्री भइसकेका छन् ।
![जाजरकोट भूकम्पले १२ जिल्लाका ३५ हजार घरमा क्षति [सूचीसहित]](https://newsgriha.com/uploads/posts/bhukamp-jajarkot-432-1699062181.jpg)
जाजरकोट भूकम्पले १२ जिल्लाका ३५ हजार घरमा क्षति [सूचीसहित] मंगलबार, कात्तिक २१, २०८० सरकारले गरेको अद्यावधिक विवरणअनुसार भूकम्पले १७ हजार ७९२ वटा घर पूर्ण रूपमा र १७ हजार ५२९ घरमा आंशिक क्षति पुर्याएको हो । जसमा सबैभन्दा बढी रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्ण रूपमा क्षति भएका छन् भने ९९६१ घरमा आंशिक क्षति पुगेको छ।

करेन्ट लागेर दुई जनाको मृत्यु मंगलबार, कात्तिक २१, २०८० झापाको दमक नगरपालिका–३ स्थित खोल्सीमा निर्माण भइरहेको पुलमा काम गर्ने कामदार भोजपुर नगरपालिका–११ का ४५ वर्षीय चंखबहादुर सार्कीको सोमबार साँझ करेन्ट लागेर मृत्यु भएको हो ।









