News Griha :: न्यूजगृह
त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न ठेक्का

काठमाडौं— कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न करिब साढे २७ करोडमा ठेक्का लगाइएको छ। सिनामंगलको एमएसआईपीएल—एएससी पावर लिमिटेडले ठेक्का पाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा उक्त कम्पनीले फ्लड लाइट जडानको ठेक्का पाएको हो। 

यसअघि सरकारले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्ने घोषणा गरेपछि राखेपले प्रकृया अगाडि बढाएको थियो। फ्लड लाइट जडानपछि त्रिवि क्रिकेट मैदानमा राति पनि खेलहरू सञ्चालन गर्न सकिने छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १४:४५
Weather Update