
काठमाडौं— सलमान खान स्टारर बलिउड फिल्म ‘टाइगर ३’ ले अग्रिम बुकिङमा सुखद संकेत देखाएको छ ।
कात्तिक २६ गतेबाट रिलिज हुने फिल्मको शनिबारबाट अग्रिम बुकिङ खुलिएको थियो । बुकिङ खुलेको तीनदिनमा ‘टाइगर ३’ को २ लाख २७ हजारबढी टिकट बिक्री भइसकेका छन् ।
हिन्दी भाषाको टु डीमा २ लाख १७ हजारबढी टिकटहरू सोल्डआउट भइसकेका छन । त्यसैगरी, आइम्याक्स तर्फ ५ हजार, फोडीएक्समा एक हजार र तेलुगुको टु डीमा ३ हजारबढी टिकट बिक्री भइसकेका छन् ।
सलमानसहित कटरिना कैफ र इमरान हासमीको क्रेजबीच फिल्मको शो'हरू समेत बढिरहेको छ ।
तीन दिनको अग्रिम टिकट बिक्रीबाट टाइगर ३ ले साढे ६ करोड भारतीय रुपैयाँ बढीको कमाई गरिसकेको छ । मनिष शर्मा निर्देशित यो फिल्म हिन्दीसहित तमिल र तेलुगु भाषामा कात्तिक २६ गतेबाट रिलिज हुनेछ ।
यो फिल्म ‘एक था टाइगर’ को सिरिज हो। ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’ मा पनि सलमान नै मुख्य भूमिकामा देखिएका थिए ।