News Griha :: न्यूजगृह
 बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का
फाइल तस्बिर ।

काठमाडौं— बाजुरा केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको हो ।  गत शुक्रबारको शक्तिशाली भूकम्पपछि जाजरकोटमा निरन्तर भूकम्प गइरहेको बेला बाजुरा केन्द्रबिन्दु भएर पनि भूकम्प गएको हो ।

जाजरकोट भूकम्पबाट १५३ जनाको मृत्यु भएको छ भने कैयन घरहरू भत्किएका छन् ।  

यता बाजुरामा गत जेठ २९ यता पहिलो पटक केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । त्यतिबेला ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो । तर, बझाङसहित सुदूरपश्चिमका विभिन्न जिल्ला भएर भने पटकपटक भूकम्प गएको केन्द्रको तथ्यांकमा उल्लेख छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १४:२१
Weather Update