News Griha :: न्यूजगृह
अदालतबाटै पेस्तोल र मोबाइल चोरी 

काठमाडौं— जिल्ला अदालत कैलालीबाट पेस्तोल, सो पेस्तोलको गोली र मोबाइल चोरी भएको छ । 

मुद्दा फाँटमा मुद्दाका मिसिलसँग राखिएको लागूऔषध र हातहतियार खरखजना मुद्दाका अभियुक्तको मोबाइल र अभियुक्तबाट बरामद पेस्तोल र गोली चोरी भएको हो ।

kailali-jilla-adalat-1699348373.jpg

घटना आइतबार राती आइतबार राति साढे १० बजेको हो । अदालतबाट एक थान कटुवा पेस्तोल, ४ राउन्ड गोली र ५ थान मोबाइल चोरी भएको अदालत स्रोतको भनाई छ । प्रहरीले भने पेस्तोल चोरी भएको कुरा खुलाएको छैन ।  

कैलाली प्रहरी उपरीक्षक देवेन्द्रसिंह पालले सीसी क्यामेरामा स्पष्ट नदेखिएकाले अहिलेसम्म चोरी गर्ने व्यक्ति पत्ता लाग्न नसकेको बताए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १४:५८
Weather Update