सोमबारको भूकम्पले जाजरकोटमा सडक अवरूद्ध सोमबार, कात्तिक २०, २०८०

टी-२० विश्वकपमा पुगेको नेपाली टोलीलाई क्यानले ५० लाख दिने सोमबार, कात्तिक २०, २०८० काठमाडौंमा भएको टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट भएको थियो । तर फाइनलमा भने नेपाल सुपर ओभरमा ओमानसँग पराजित भएको थियो । यस्तै बैठकले एसीसी यू–१९ प्रिमियर कप विजेता टोलीका सम्पूर्ण सदस्यलाई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णय पनि गरेको...

भिजिट भिसामा विदेश पठाउने भन्दै नक्कली कागजात बनाउने थप ४ जना पक्राउ सोमबार, कात्तिक २०, २०८० कात्तिक १८ गते चार जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त, महाराजगञ्ज पठाइएकोमा उक्त कार्यमा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको हुन सक्ने देखिएकोले थप अनुसन्धान गर्ने क्रममा अनिष, गोपाल, पशुपति र र सागर पक्राउ परेका हुन् ।

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइयो सोमबार, कात्तिक २०, २०८० एक सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइएको छ ।ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई एक सय ४० मिटर अग्लो ‘कङ्क्रिट’ मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट छ सय २६ दशमलव ९२ मिटर लामो सुरुङ निर्माण गरी...

कल सेन्टरको आवरणमा अनलाइन जुवा खेलाउने पक्राउ सोमबार, कात्तिक २०, २०८० जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेर भारतको महाराष्ट्र राज्य मुम्बई घर भइ काठमाडौं बस्दै आएका ४२ वर्षीय गौरव देसाइ र काठमाडौंका ४७ वर्षीय राजीव शर्मा पाण्डेलाई पक्राउ गरेको हो ।

फेरि रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प, त्रासमा जाजरकोट सोमबार, कात्तिक २०, २०८० शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै सोमबार अपराह्न अर्को ५.८ रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि त्रास फैलिएको हो । सोमबार बेलुका ४ बजेर ३१ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । सोमबार पुनः भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको हो ।

भाइटीकाको उत्तम साइत १०:५१ बजे सोमबार, कात्तिक २०, २०८० यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् ।

शेयर बजारमा २१ अङ्कको वृद्धि, कारोबार रकम ९३ करोडमा सीमित सोमबार, कात्तिक २०, २०८० नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार २१ अङ्कको वृद्धि भएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १.१६ प्रतिशतले बढेर बन्द भएको हो । यससँगै, परिसूचक १८४७ अङ्कमा पुगेर रोकिएको छ ।

राष्ट्रपतिको युरोप भ्रमण स्थगित सोमबार, कात्तिक २०, २०८० राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले स्थगित गरिएको जानकारी दिए । बुधबार फ्रान्स जान लागेका राष्ट्रपति पौडेल त्यहाँबाट जर्मनी र इटाली भ्रमणमा जाने तय भएको थियो ।

साल्ट ट्रेडिङ्गले खुद्रा व्यापारीलाई १० बोरा चिनी दिने, उपभोक्तालाई प्रतिकेजी १ सय १५ सोमबार, कात्तिक २०, २०८० उद्योगीबाट किनिएको चिनी साल्ट ट्रेडिङ्गले आफ्ना आउटलेट, खुद्रा बिक्रेता संघ अन्तर्गतका केही पसल तथा खाद्य संस्थानबाट मात्रै बिक्री वितरण गरेपनि उपभोक्ताले लामो लाइन लाग्नुपर्ने अवस्था भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा सबै खुद्रा व्यापारीले समेत दश बोरा चिनी बिक्री वितरणका लागि किन्न पाउने भएका छन् ।

पर्साका तत्कालीन ५ मालपोत अधिकृतसहित १० जनाविरुद्ध राजश्व हिनामिना आरोपमा भ्रष्टाचार मुद्दा सोमबार, कात्तिक २०, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

श्रीलङ्काको क्रिकेट बोर्ड निलम्बित सोमबार, कात्तिक २०, २०८० श्रीलङ्काका खेलमन्त्री रोशन रणसिंघले सामी सिल्भा नेतृत्वको निर्वाचित क्रिकेट बोर्ड निलम्बन गर्दै नयाँ अन्तरिम कमिटी गठन गरेका छन् । गत जुनमा नेतृत्वमा आएका सिल्भाको कार्यकाल सन् २०२५ सम्म थियो ।

आठबीसकोटमा राहतसँगै मृतकका परिवारलाई किरिया खर्च सोमबार, कात्तिक २०, २०८० शुक्रबार राति जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पमा परेका आठबीसकोट नगरपालिकाका पीडित परिवारलाई राहत सामग्री तथा मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराइएको हो । आठबीसकोटका ११, १२ र १३ नम्बर वडाका पाँच मृतकका परिवारलाई २५ हजारका दरले किरियाखर्च दिएको नगरप्रमुख रवि केसीले जानकारी दिए ।









