News Griha :: न्यूजगृह
सोमबारको भूकम्पले जाजरकोटमा सडक अवरूद्ध
फाइल तस्बिर ।

जाजरकोट— दोस्रोपटक गएको भूकम्पका कारण जाजरकोटमा सडक अवरूद्ध भएको छ ।

सोमबार अपराह्न ४ः३१ बजे गएको ५.८ रेक्टर स्केलको भूकम्पले पहिरो खसेपछि जाजरकोट-डोल्पा मार्गको रिम्ना नजिक सडक अवरूद्ध भएको हो ।

सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ । यस्तै, भूकम्प आएपछि घरबाट हाम फाल्दा भेरी नगरपालिका-१ रावत गाउँमा एक जना घाइते भएका छन् । घाइतेको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १८:४७
Weather Update