News Griha :: न्यूजगृह
कल सेन्टरको आवरणमा अनलाइन जुवा खेलाउने पक्राउ

काठमाडौं— लाजिम्पाटस्थित कल सेन्टरमा अनलाइन जुवा खेलाउने गरेको पाइएको छ । काठमाडौं प्रहरी परिसरले छापा मार्दै अनलाइन जुवा खेलाउने दुई भारतीयलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेर भारतको महाराष्ट्र राज्य मुम्बई घर भइ काठमाडौं बस्दै आएका ४२ वर्षीय गौरव देसाइ र काठमाडौंका ४७ वर्षीय राजीव शर्मा पाण्डेलाई पक्राउ गरेको हो ।

कल सेन्टरबाट २९ थान डेस्कटप समेत बरामद भएको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोध ढुङ्गेलले बताए ।

उनीहरूले लाजिम्पाटस्थित बाबुराजा नकर्मीको घर भाडामा लिएर कल सेन्टर सञ्चालन गर्ने भनेका थिए । तर कल सेन्टरमा अनलाइन जुवा खेलाउने गरेको पाइएको एसपी ढुङ्गेलले बताए ।

उनीहरूविरुद्ध प्रहरीले सट्टेबाजी सम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ। 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १८:०१
Weather Update