मन्त्री दुलालका पीएसओले गरे आत्महत्या

काठमाडौं— बागमती प्रदेशका भौतिकका पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
४२ वर्षीय यामबहादुर सुवेदी हेटौँडा११ स्थित वनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले मंगलबार बिहान भण्डारी झुन्डिएको अवस्थामा भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८० १४:३४













