News Griha :: न्यूजगृह
तेस्रो दिन पनि बढ्यो शेयर बजार

काठमाडौं—  पछिल्ला तीन दिन शेयर बजार लगातार बढेको छ । सोमबार २१, मंगलबार ११ अंक बढेको नेप्से बुधबार ५ अंक बढ्यो । ५.१७ अंक बढेर नेप्से १८६३ विन्दुमा कायम भएको छ ।

कारोबार रकम भने घटेको छ । मंगलबार ९९ करोडको शेयर किनबेच भएकोमा बुधबार ७८ करोड २७ लाखमा खुम्चियो । कुल १२४ कम्पनीको मूल्य बढ्दा ९३ को घट्यो भने २२ को स्थिर रह्यो ।

बैंकिङ ३, फाइनान्स ५, जलविद्युत् १२, जीवन बीमा ५०, उत्पादन ५७, माइक्रोफाइनान्स ८, अन्य १० र ब्यापार उपसमूह ५ अंक बढे । निर्जीवन बीमा २२, होटल तथा पर्यटन ३३ र विकास बैंक उपसमूह १३ अंक घटे ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १६:२८
Weather Update