News Griha :: न्यूजगृह
भूकम्प प्रभावित क्षेत्रमा १ हजार युवा खटाउने एमालेको निर्णय

काठमाडौं— नेकपा एमालेले भूकम्प प्रभावित क्षेत्रमा १ हजार युवा खटाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बुधबार बसेको सचिवालय बैठकले आगामी मंसिर १ गतेदेखि अस्थायी आवास निर्माण गर्न १ हजार युवा खटाउने निर्णय गरेको हो । ती युवाले १ करोड मूल्यभन्दा बढीको श्रम गर्ने उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।


 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १६:२३
Weather Update