भोजपुरमा वडा कार्यालय तोडफोड

भोजपुर— भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ ।
गएराति कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालयभित्रको सामग्री तोडफोड भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । कार्यालयभित्र रहेको प्रिन्टर, इन्भर्टर, दराजसँगै झ्याल लगायत सामग्रीमा फुटाएको उनको भनाइ छ ।
कार्यालयमा एक लाख ५० हजार बराबरको क्षति भएको वडाध्यक्ष तामाङले बताए । कर्मचारी बस्ने कोठामा उक्त समूह पस्न नपाएकाले धेरै क्षति हुनबाट जोगिएको उनले बताए ।
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८० १९:४३