News Griha :: न्यूजगृह
त्रिवि उपकुलपतिको जिम्मेवारी भुसाललाई
तस्बिर : त्रिवि ।

काठमाडौं— त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रा.डा. शिवलाल भुसाललाई दिइएको छ।

भुसाल त्रिविका शिक्षाध्यक्ष हुन् । उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको पदावधि कात्तिक १६ गते सकिएको थियो । विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम उपकुलपति पदपूर्ति नभएसम्म दैनिक कार्यसञ्चालन गर्न भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको हो।

कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कात्तिक १७ गतेको निर्णयअनुसार भुसाललाई उपकुलपतिको जिम्मेवारी दिएको त्रिविले जनाएको छ।

विश्वविद्यालय ऐनअनुसार भुसाल बढीमा तीन महिना उपकुलपतिको जिम्मेवारीमा रहन पाउनेछन् । त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिसकेको छैन।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ११:०३
Weather Update