News Griha :: न्यूजगृह
बेपत्ता नारूदेवी मृत फेला, हत्याको आशंका

काठमाडौं— कञ्चनपुरमा बेपत्ता महिला मृत अवस्थामा फेला परेकी छन् ।

आइतबारदेखि बेपत्ता भएकी शुक्लाफाँटा नगरपालिका— ७ कि नारूदेवी जोशी मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जोशीको शव सोमबार बिहान मध्यवर्ती सामुदायिक वनमा भेटिएको जानकारी दिए ।

उनका अनुसार मृत भेटिएकी महिलाको घाँटीमा निलडाम रहेकाले हत्याको आशंका गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ११:४१
Weather Update