पर्यटकीयस्थल नगरकोट कसको?, सीमाङ्कन गरिदै शनिबार, कात्तिक १८, २०८०

भूकम्पको त्रासले सडकमा सुत्दै शनिबार, कात्तिक १८, २०८०

कांग्रेसको तिहारसम्मका सार्वजनिक कार्यक्रम स्थगित शनिबार, कात्तिक १८, २०८० भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो संख्यामा भएको मानवीय तथा भौतिक क्षति र सयौंको संख्यामा सर्वसाधारण घाइते भएकाले तिहारसम्मको कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ ।

नेपाललाई १० करोड बराबरको राहत सामग्री दिने चीनको घोषणा शनिबार, कात्तिक १८, २०८० चीनले जाजरकोट भूकम्प प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।नेपालस्थित चिनियाँ दूतावासका अनुसार भूकम्पपछिको पहिलो चरणको सहयोगका रुपमा १०० मिलियन मूल्य बराबरको पाल र ब्ल्यांकेट लगायतका सामग्री उपलब्ध गराउने घोषणा गरेको हो ।

न्युजिल्याण्डविरुद्ध पाकिस्तानका फाखर जमानको बिस्फोटक ब्याटिङ शनिबार, कात्तिक १८, २०८० जमानले ६३ बलमा ९ छक्का र ६ चौका प्रहार गर्दै शतक बनाए । अर्का ओपनर अब्दुल्लाह साफिक सुरुमै आउट भएपछि जमानले कप्तान बाबर अजामसँग लोभलाग्दो साझेदारी गर्दै शतक पूरा गरेका हुन् ।

जाजरकोट भूकम्प अपडेटः आठबीसकोटमा उद्धार कार्य सकियो, ४२ मृत्यु, १०० घाइते शनिबार, कात्तिक १८, २०८० गएरातिदेखि नै सुरु गरिएको पहिलो चरणको उद्धार कार्य आज सकिएको हो । भूकम्पमा परी नगरपालिकाका ४२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए । प्रहरी निरीक्षक खड्काका अनुसार ४२ जनाको शव घरपरिवारले बुझिसकेका छन् ।

तस्बिरमा हेर्नुहोस् जाजरकोमा भूकम्पको विध्वंस शनिबार, कात्तिक १८, २०८०

भूकम्प पीडितलाई सहयोग जुट्दै, क-कसले गरे सहयोगको घोषणा? शनिबार, कात्तिक १८, २०८० जाजरकोट भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिपछि त्यस क्षेत्रका लागि सहयोग जुट्न सुरु भएको छ । विभिन्न कम्पनी तथा सङ्घ संस्थाले भूकम्प पीडितलाई सहयोग रकम घोषणा गर्न सुरु गरेका छन् । निजी क्षेत्रको ठूलो वायु सेवा कम्पनी बुद्ध एअरले भूकम्पपीडितका लागि एक करोड आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको...

मौसम पूर्वानुमान : भूकम्प प्रभावित क्षेत्रमा वर्षाको सम्भावना छैन शनिबार, कात्तिक १८, २०८० जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामा वर्षाको सम्भावना नरहेको जनाएको छ । आजदेखि दुई–तीन दिनसम्म बादल लागे पनि पानी भने नपर्ने मौसमविद गोविन्द झाले जानकारी दिए ।
ओमनमा घरेलु कामदारलाई जबर्जस्ती गर्ने नेपाली दलाल पक्राउ शनिबार, कात्तिक १८, २०८० नेपालबाट घरेलु कामदारमा पठाउन ल्याइएको एक नेपाली युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले राईलाई पक्राउ गरेको हो । पीडित नेपाली युवतीले उद्धारका लागि गैर आवासीय नेपाली सोसल क्लब (एनआरएन)लाई अपिल गरेकी थिइन् ।

भूकम्प प्रभावितको उद्धारमा परिचालित जहाज र हेलिकप्टरको इन्धन आयल निगमले बेहोर्ने शनिबार, कात्तिक १८, २०८० नेपाल आयल निगम लिमिटेडले भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरमा प्रयोग हुने इन्धन खर्च बेहोर्ने घोषणा गरेको छ ।

भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुग्यो शनिबार, कात्तिक १८, २०८० उनका अनुसार जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । भूकम्पमा परी जाजरकोटमा १०५ जना, रूकुम पश्चिममा ५२ जना, दैलेखमा ३ जना, बैतडीमा ३ जना, जुम्लामा ५ जना, रोल्पामा १ गरी कुल २०२ जना घाइते भएका थापाले जानकारी दिए ।

भूकम्प प्रभावित जिल्लाका कर्मचारीलाई तत्काल बिदामा नबस्न निर्देशन शनिबार, कात्तिक १८, २०८०









