भूकम्प प्रभावितको उद्धारमा परिचालित जहाज र हेलिकप्टरको इन्धन आयल निगमले बेहोर्ने
काठमाडौं— नेपाल आयल निगम लिमिटेडले भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरमा प्रयोग हुने इन्धन खर्च बेहोर्ने घोषणा गरेको छ ।
निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै विपद्को घडीमा भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज एवम् हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन वापतको खर्च बेहोर्ने घोषणा गरेको हो ।
आर्थिक वर्ष २०८०-८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट उक्त खर्च बेहोर्ने निर्णय भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८० १७:१९