News Griha :: न्यूजगृह
डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं— डोटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कैलालीको धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप आइतबार बिहान साढे २ बजे डोटीको शिखर नगरपालिका-२ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना भएको हो। 

दुर्घटनामा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए । उनका अनुसार ८ महिनाको बच्चासहित तीन जनाको शव फेला परेको छ भने एक जनाको शव भेटिएको छैन। जीप खोलामा रहेको र उद्धारमा कठिनाइ भएको उनले बताए । 

दुर्घटना ६ जना घाइते छन् । उनीहरूको डोटी कै शैलेश्वरी अस्पतालमा उपचार भइरहेको उनले बताए । मृतकको सनाखत हुन बाँकी छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०७:०३
Weather Update