भूकम्प प्रभावित क्षेत्रको अनुगमनमा प्रधानमन्त्री

काठमाडौं— शनिबार बिहानै स्वास्थ्यकर्मीको टोलीसहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रभावित क्षेत्रको अनुगमन गरिरहेका छन् ।
स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्र पुगेका प्रधानमन्त्री प्रचण्ड अनुगमन र उद्धारमा खटिएका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

उनका अनुसार सुर्खेत लगायत छिमेकी जिल्लाहरूबाट खोज तथा उद्धार लागि पनि तीनवटै निकायका थप सुरक्षाकर्मीहरू पनि परिचालन गरिसकेको छ। गएरातिको शक्तिशाली भूकम्पले जाजरकोटमा ठूलो जनधनको क्षति भएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८० ०९:५३













