News Griha :: न्यूजगृह
राहत र उद्धारमा हातेमालो गर्न प्रधानमन्त्रीको अपिल

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले भूकम्प पीडितको राहत र उद्धारमा सहकार्य र हातेमालोको लागि अपिल गरेका छन् ।

हाल भूकम्प प्रभावित जिल्लाको निरीक्षणमा रहेका प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज लगायत सबैमा अपिल गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो राति गएको विनाशकारी भूकम्पको क्षति बुझ्न, पीडितका पीडा र अनुभूतिहरू सुन्न, घाइतेहरूको उद्धार र पीडितको राहतका निम्ति प्रभावित क्षेत्रमा छु । पीडितलाई राहत र पुनर्स्थापना एवं घाइतेहरूको उपचारका लागि सरकार गम्भीर रहेको जानकारी गराउँदै यस कार्यमा सहकार्य र हातेमालोको लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज लगायत सबैमा हार्दिक अपील गर्दछु।’  

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १५:२१
Weather Update