News Griha :: न्यूजगृह
जाजरकोट र रुकुम पश्चिम : भूकम्पपछिको उद्धारमा ८५९ जना प्रहरी परिचालित

काठमाडौं— जाजरकोट भूकम्पपछि घटनास्थलमा उद्धारका लागि ८५९ जना प्रहरी परिचालन गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार भूकम्पले सबैभन्दा बढी प्रभावित जाजरकोट र रुकुम पश्चिममा कुल ८५९ जना जनशक्ति परिचालन गरिएको हो । 

कार्यालयका अनुसार जाजरकोटबाट ४५०, रुकुम पश्चिमबाट ३२०, प्रदेश प्रहरी कार्यालय र गण सुर्खेतबाट ३९, चौरजहारी बेस क्याम्पबाट २०, नेपाल प्रहरी अस्पतालका चिकित्सक ११, सल्यानबाट १० र इलाका प्रहरी कार्यालय बादेपिपल सुर्खेतबाट ९ जना जनशक्ति परिचालन गरिएको छ । 
आवश्यकताअनुसार थप प्रहरी परिचालन गर्न सकिने पनि प्रहरीको भनाइ छ । हालसम्म भूकम्पबाट १३८ जनाको मृत्यु र १६६ जना घाइते भएका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १६:२९
Weather Update