भूकम्प प्रभावितको उद्धार र राहतका लागि सरकारले जाजरकोट र रूकुम पश्चिमलाई पाँच-पाँच करोड दिने

काठमाडौं— सरकारले भूकम्प प्रभावितको उद्धार र राहतका लागि राहत व्यवस्थापन कोषबाट ५/५ करोड रुपैयाँ तत्काल पठाउने निर्णय भएको गरेको छ ।
शनिबार गृह मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले पश्चिम नेपालमा गएको भूकम्प प्रभावितको राहतका लागि सो रकम पठाउने निर्णय गरेको उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए ।
उनले भने, ‘संघीय सरकार, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर सर्च रेस्क्यू र रिलिफका काम अघि बढाईरहेका छौँ । त्यस अन्तर्रगत दुबै जिल्लालाई राहत व्यवस्थापन कोषबाट पाँच पाँच करोड रुपैयाँ तत्काल पठाउने निर्णय गरेका छौँ ।’
त्यस्तै उनले, घाइतेहरूलाई शीघ्र उपचार गर्ने क्रमलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले सुर्खेतलाई मूल बेस र सहायक बेस नेपालगञ्जलाई बनाएर राहत वितरण कार्य एकद्वार प्रणालीमा अघि बढाएकोसमेत जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८० १४:४५













