News Griha :: न्यूजगृह
सोल्टिमोडमा सेनाका लेस नायक मृत भेटिए 

काठमाडौं— काठमाडौंको सडकपेटीमा नेपाली सेनाका लेस नायक मृत फेला परेका छन् । शनिबार बिहान सवा ६ बजे काठमाडौं महानगरपालिका-१३  सोल्टिमोडस्थित दरबार बैङ्क्वेट अगाडि सडकपेटीमा लेस नायक मृत फेला परेका हुन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुङ्गेलका अनुसार चन्द्रागिरि नगरपालिका-६ घर भई गणेश दल गण जंगी अड्डा भद्रकालीमा दरबन्दी भएका लेस नायक २६ वर्षीय सुमन कार्की मृत फेला परेका हुन् । 

उक्त खबरको आधारमा घटनास्थलमा प्रहरी वृत्त कालिमाटीबाट टोली खटिएर अनुसन्धान अघि बढाइएको थियो । मृतकको शरीरमा सेनाको परिचयपत्र फेला परेको थियो । शव पोस्टमार्टमको लागि अस्पताल पठाउने तयारी भइरहेको छ। मृत्युको कारण नखुलेको एसपी ढुङ्गेलले बताए । घटनास्थलमा नेपाली सेनाको टोली पनि पुगेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १०:०६
Weather Update