शक्तिशाली भूकम्प : जाजरकोट र रुकुम पश्चिममा गरी ६५ जनाको मृत्यु

काठमाडौं— जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी कम्तीमा ६५ जनाको मृत्यु भएको छ । जाजरकोटमा ३७ र रुकुमपश्चिममा २८ जनाको मृत्यु भएको छ ।
जाजरकोटमा मात्रै ३७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । यस्तै, रुकुमपश्चिममा अहिलेसम्म २८ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । भूकम्पमा परी १०० भन्दा बढी घाइते भएका छन् ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा. लोकविजय अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८० ०६:१४