भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १२८ पुग्यो

काठमाडौं— शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, जाजरकोटमा भूकम्पबाट ९२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते छन् ।
यसैगरी, रूकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ र ८५ जना घाइते छन् । थप विवरण आउने क्रम जारी छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८० ०७:५४













