News Griha :: न्यूजगृह
तारा एअरका दुई पाइलट कुटाकुट प्रकरणपछि विमानस्थल प्रमुख पनि निलम्बित 

काठमाडौं— नागरिक उड्डयन प्राधिकरणले मन्थली विमानस्थलका प्रमुख अशोक थापालाई निलम्बन गरेको छ ।

प्राधिकरणले शुक्रबार विमानस्थल परिसरमा तारा एअरका दुई पाइलटबीच भएको विवादको छानबिन गर्नका लागि विमानस्थल प्रमुखलाई निलम्बन गरेको हो । 

प्राधिकरणले विमानस्थलमै झगडा गर्ने पाइलटहरू सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स निलम्बन गरिसकेको छ । प्राधिकरणले राष्ट्रिय उड्डयन सुरक्षा उल्लंघन गरेको भन्दै तत्कालका लागि पाइलटहरूलाई उडानमा रोक लगाएको छ ।

मन्थली विमानस्थलमा शुक्रबार बिहान जहाज अवतरण गरेपछि दुई पाइलटबीच झगडा भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १७:३०
Weather Update