News Griha :: न्यूजगृह
रामेछापमा तारा एअरका दुई पाइलटबीच कुटाकुट
तस्बिर : जेट फोटोज

काठमाडौं— रामेछाप विमानस्थलमा तारा एअरका दुई पाइलटबीच कुटाकुट भएको छ ।

शुक्रबार बिहान ८ बजे तारा एअरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच कुटाकुट भएको रामेछाप विमानस्थल प्रमुख अशोक थापाले बर्ता । कुटाकुटको कारण भने खुलेको छैन ।

‘घटनाको जाँच विवरण लिँदैछु,’ थापाले भने, ‘बिहान ८ बजे लुक्लाबाट आएको जहाजका क्याप्टेन सन्तोष साह र रामेछापबाट त्यो जहाज लिएर लुक्ला जाने अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच झगडा परेको हो ।’ 

तारा एअरका प्रवक्ता सुर्दशन बर्तौलाले घटनाबारे छानविन भइरहेको बताए । ‘यो झगडा उनीहरूको व्यक्तिगत विषयमा भएको देखिन्छ । एअरलायन्स र उडानसँग सम्बन्धित होइन,’ उनले भने, ‘यसबारेमा कम्पनी अनुसन्धान अघि बढाइसकेको छ ।’

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १०:४३
Weather Update