News Griha :: न्यूजगृह
सुनको भाउ बढ्यो, कतिमा हुँदैछ किनबेच? 

काठमाडौं— साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला सात सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ । बिहीबार प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ११:२५
Weather Update