News Griha :: न्यूजगृह
एनआईसी एसिया बैंकको नाफामा ४२ प्रतिशत गिरावट

काठमाडौं— एनआईसी एसिया बैंकको नाफामा उच्च गिरावट आएको छ ।

बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार समीक्षा अवधिमा नाफा ४२ प्रतिशतले घटेको छ । चालु  आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले खुद १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ ।

जबकि गत वर्षको सो अवधिमा यस्तो नाफा १ अर्ब ७५ करोड थियो । बैंकको निष्क्रिय कर्जा बढ्दा सो वापत कायम गर्नुपर्ने इम्पेरिमेन्ट चार्ज उच्च दरले बढ्दा नाफामा धक्का लागेको हो ।  

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ११:४६
Weather Update