News Griha :: न्यूजगृह
विश्वकपमा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डको बधाई

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री प्रचण्डले टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई दिदैँ प्राप्त सफलता प्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान प्रकट गरेका छन् । 

सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई  हार्दिक बधाइ ज्ञापन गर्दछु । पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु । साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सँधै यहाँहरूको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछु ।’  

आईसीसी टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा पुगेको हो । नेपालले १० वर्षपछि टी२० विश्वकप खेल्न लागेको हो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १५:१३
Weather Update